रुपन्देहीमा पत्रकार महासङ्घले सदस्य शुद्धीकरण अभियान चलाउने
नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त शाखाको आइतबार बुटवलमा सम्पन्न साधारणसभाले पत्रकारिता पेशा छाडेकालाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण गर्ने प्रस्ताव पारित गरेको हो । यो प्रस्तावले महासङ्घलाई सदस्य शुद्धीकरण गर्ने बाटो खुल्ला गरेकोे छ ।
कुनै समयमा सक्रिय पत्रकारिता गरेका तर पछिल्लो समय पत्रकारिता छाडेर अन्य पेशा तथा व्यवसायमा संलग्नलाई सम्मानजनक स्थान दिएर सदस्य शुद्धीकरण अभियान चलाउने प्रस्ताव सर्वसम्मत पारित भएको हो । त्यस्तै बुटवलमा पत्रकारिता र आमसञ्चार विषयमा उच्च तहको शिक्षा अध्ययनका लागि पहल गर्ने र महासङ्घको अगुवाइमा ‘पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि स्थानीय सरकारसँग समन्वय गरी जग्गा व्यवस्था गर्ने प्रस्ताव पनि पारित भएको छ ।
साधारणसभाले सदस्य शुद्धीकरण, पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनासहित १२ बुँदे प्रस्ताव पारित गरेको अध्यक्ष रामराज पोखरेलले जानकारी गराए । महासङ्घका सचिव विनोद परियारका अनुसार सदस्य पत्रकारको तत्कालीन र दीर्घकालीन समस्या र स्वास्थ्योपचारमा सहयोग गर्नेगरी पत्रकार कल्याणकारी कोष वृद्धि गर्ने, पत्रकारको सुरक्षाका लागि दुर्घटना बीमालाई निरन्तरता दिँदै निःशुल्क स्वास्थ्य बीमाका लागि पहल गर्ने, पत्रकारिता पुरस्कारको राशि बढाउने र महिला पत्रकारिता कोष स्थापनाका लागि पहल गर्नेजस्ता प्रस्ताव पनि पारित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण