प्रिमियरमा ‘महापुरुष’ को प्रशंसा
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को आइतबार प्रिमियर भएको छ । तिहारको कारण निर्माण युनिटले रिलिज भन्दा ५ दिन अगाडि प्रिमियर गरेको हो । दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, अशोक शर्मा, नवल खड्का, स्वस्तिमा खड्का, वेनिसा हमाल, किरण केसी, शिवशंकर रिजाल ‘जोगिन्दर’ लगायतका फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको प्रिमियरमा फिल्म हेर्ने अधिकांशले प्रशंसा गरेका थिए । फिल्मको कथावस्तु र फिल्म राम्रो बनेको धेरैको प्रतिक्रिया थियो ।
प्रिमियरमा समेत सहभागिता थियो । अभिनेत्री स्वस्तिमा खड्काले फिल्म हेर्दा मज्जा आएको प्रतिक्रिया जनाइन् । अभिनेत्री केकी अधिकारी, खगेन्द्र लामिछानेले पनि आफुलाई फिल्म मन परेको बताए । उनीहरुले फिल्म अत्यन्त बलियो भएको प्रतिक्रिया दिए ।

कलाकार किरण केसीले ‘महापुरुष’ उत्कृष्ट फिल्म बनेको भन्दै तारिफ गर्दा निर्देशक निश्चल बस्नेतले पनि फिल्म राम्रो बनेको बताए । उनले कलाकार हरिवंश आचार्यको अभिनय अब्बल रहेको धारणा राखे ।
प्रदीप भट्टराईको निर्देशन रहेको ‘महापुरुष’ मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अञ्जना बराइली, अरुण क्षेत्री, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको अभिनय छ ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण