आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सोमबार, ०७ कात्तिक २०७९, १९ : २४
सोमबार, ०७ कात्तिक २०७९

पाँचथरको तुम्वेबा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मौवा बजारदेखि आङनामा रहेको घरतर्फ फर्किनेक्रममा  मे ७ प ५४९९ नम्बरको मोटरसाइकलमा सवार तुम्वेवा १ आङनाका ३० वर्षीय भक्त सम्बाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको हो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मोटरसाइकल तुम्बेवा ३ बिजुली भञ्ज्याङ भन्ने स्थानमा पुग्दा अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको छ । 

मोटरसाइकलमा सवार तुम्बेवा १ कै सात वर्षीया एरिया माङलाक सामान्य घाइते भएका झन् । सम्बाहाम्फेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप