पहिरो पीडितले नयाँ घर पाए
लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ अर्खले गाउँका पहिरो पीडितले नयाँ घर पाएका छन् । दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपाल मुनि कष्टकर जीवन बिताउँदै आएका थिए ।
उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा एक घर निर्माण गरिएको छ । ०७७ सालमा अर्खले गाउँमा पहिरो आएपछि सिंगो गाउँ नै विस्थापित भएको थियो। घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरू यसपालिको तिहार नयाँ घरमा मनाउन पाउने भएपछि हर्षित छन् ।
गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख बजेट छुट्याइएको थियो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी पाँच प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक