पहिरो पीडितले नयाँ घर पाए
लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ अर्खले गाउँका पहिरो पीडितले नयाँ घर पाएका छन् । दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपाल मुनि कष्टकर जीवन बिताउँदै आएका थिए ।
उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा एक घर निर्माण गरिएको छ । ०७७ सालमा अर्खले गाउँमा पहिरो आएपछि सिंगो गाउँ नै विस्थापित भएको थियो। घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरू यसपालिको तिहार नयाँ घरमा मनाउन पाउने भएपछि हर्षित छन् ।
गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख बजेट छुट्याइएको थियो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण