विवेकशील साझाले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठसहित)
समीक्षा बाँस्कोटाको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले मंगलबार आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
१३ बुँदेमा समेटिएको २ पन्ने प्रतिबद्धतामा राइट टु रिकल र राइट टु रिजेक्टसम्मका विषय समेटिएका छन् । यस्तै नोट चल्ने तर भोट नचल्ने अवस्थाको अन्त्य गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्नेलगायतको व्यवस्था गरिएको छ ।
प्रतिबद्धतामा जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशुल्क शिक्षा प्रदान गर्ने, निःशुल्क स्वास्थ्य सेवा, स्वायत्त र अधिकार सम्पन्न सम्पत्ति शुद्धीकरण विभाग बनाउने विषय पनि समेटिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।
सो अवसरमा अध्यक्ष बाँस्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरिन्। अध्यक्ष बाँस्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन् । उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताइन् । उनले गत ५ वर्षमा पार्टी आत्तिएको र थाकेको नभइ अनुभव बटुल्दै अघि बढीरहेको बताइन् । उनले विवेकशील साझाले गर्न चाहेको राजनीतिक मंसिर ४ पछि सकिने खालको नभइ देशको विकास र स्थिरताको लागि भएको जिकिर गरिन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण