परम्परा धान्दै ९० वर्षीया गंगादेवी
तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।
पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गंगादेवी पराजुलीले भने पुरानो परम्परालाई धान्दै छन् । उनी तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा छिन् । पहिलादेखि नै चलिआएको परम्परा हिजोआज हराउन पुग्दा पूरानो संस्कार ंसंस्कृतिलाई अवलम्वन गर्दै नयाँ पुस्तामा जानकारी गराउन धान खुवाउने कार्यक्रम गरेको ज्येष्ठ नागरिक पराजुलीले बताइन् । उनले करिव तीन रोपनी जग्गामा लगाइएको धान काटेर गौशालमा रहेका १३५ गाईलाइ खुवाएकी छन् ।
“हाम्रा पालामा तिहारमा गाईलाई खुवाउन भनेर खेतमा छुट्टै धान रोपिन्थ्यो, हिजोआज त यस्तो चलन कतै छैन, हराउँदै गयो, नातीनातीनालाई घरमा सुनाउँदा आश्चर्य मान्छन्,” पराजुलीले भनिन्,–“नयाँ पुस्ताले पूरानो चलन पनि सिकुन् भन्नका लागि गौशालामा म आफै पुगेर गाईलाई धान खुवाएपछि आत्मसन्तुष्टि मिलेको छ” । परिवार, आफन्त, स्थानीयको साथमा पूजाआजा गरी गाईलाई हरियो धान, चोकर, दाना, सातु खुवाउन पाउँदा आनन्द लागेको उनले बताइन् । आश्चर्य मान्दै धान खुवाउने कार्यक्रममा आफन्त, छरछिमेकको उत्साहजनक सहभागीता रहेको थियो ।
वैदिक परम्परा अनुसार गौमातालाई खुशी बनाउन मुख्य खेती धान खुवाएमा सबै देवीदेवता खुशी हुने, गाईको अङ्गमा ३३ कोटी देवताले बास गर्ने भन्ने धार्मिक कथन छ । गौमातालाई खुशी पार्न तिहारका बेला झुल्दै गरेको हरियो धान खुवाउने परम्परा रहेको पण्डित दिनानाथ भण्डारी बताले । “लक्ष्मीका रुपमा पुजिने गाईलाई तिहारमा पूजा गरी खेतमा लगाइएको हरियो धान खुवाउने परम्परा छ”, उनले भने,–“यसो गरेमा कामधेनु गाई खुशी हुन्छिन्, हामीले मागेको कुरा पूरा हुने, धन सम्पत्ति, सुख, शान्ति प्राप्ती हुन्छ भन्ने धार्मिक विश्वास छ” ।
पहिला धान फल्दै गरेको खेतमा गाई लगेर खुवाउने चलन थियो । हिजोआज खेतबारीमा अरुका बाली नोक्सान गर्ने भएपछि काटेर गौशालामा लगेर खुवाउने गरिएको पण्डित भण्डारीले बताए । यसरी हरियो धान काटेर तिहारमा खुवाउने पूरानो परम्परा भने गाउँघरमा हराइसकेको छ । यो परम्परा देखेर नयाँ पुस्तालाई अनौठो लाग्दछ । यस कार्यले गाउँघरमा हराउँदै गएको पूरानो संस्कृती ब्युताउने र अबका सन्ततीले केही नयाँ कुरा सिक्ने अवसर पाएको रामपुरका पाका पत्रकार वासुदेव ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण