मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु जस्तै हो : केकी अधिकारी

शुक्रबार, ११ कात्तिक २०७९, १० : ११
शुक्रबार, ११ कात्तिक २०७९

अभिनेत्री केकी अधिकारीले नेपालै युरोपियन फिल्म हेर्नु भने सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीको फिल्म महोत्सवले संसारका फिल्म कौशल जान्ने अवसर दिने धारणा रहेको छ । ‘फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई विना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रुपमा लिएको छु,’ उनले भनिन् ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औँ संस्करण काठमाडौँमा शुक्रबारबाट सुरु भइरहेको छ । अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन हुने फेस्टिभल यो पटक काठमाडौँ र सुर्खेत गरी दुई स्थानमा सञ्चालन भएको हो ।

महोत्सवमा १३ वटा प्रतिष्ठित अवार्ड प्राप्त युरोपिनय फिल्महरु देखाइँदैछन् । महोत्सवमा १३  युरोपेलीका अलवा ३ नेपाली फिल्म प्रर्दशन समेत हुने आयोजकले जनाएको छ । नेपालका तर्फबाट सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप