सत्तारुढ गठबन्धनको पछिल्लो निर्णयप्रति महिन्द्र राय यादव असन्तुष्ट
सत्ता गठबन्धनभित्र सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । यी दुवै दल सत्तारुढ गठबन्धनभित्र छन् ।
सत्ता गठबन्धनले सुरुमा निकालेको सूचीमा महिन्द्र राय यादव गठबन्धनका आधिकारिक उम्मेदवार रहेको उल्लेख थियो । त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै लोसपाका नेता महतोले उम्मेदवारी दिएका थिए ।
तर, पछिल्लो सहमति अनुसार सर्लाही–२ मा यादव र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भनिएको छ । तर उक्त निर्णयप्रति यादव असन्तुष्ट देखिएका छन् । उनी सर्लाही–२ मा आफू नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहेको दाबी गर्दैछन् ।
‘सत्तारुढ गठबन्धनको साझा उम्मेदवार मै हुँ,’ रातोपाटीसँग उनले भने, ‘एउटै विषयमा पटकपटक निर्णय हुँदैन । यहाँका मतदाताले मलाई साझा उम्मेदवारको रुपमा स्वीकार गरिसकेका छन् ।’
कांग्रेसले गठबन्धनको गरिमा र महत्त्वलाई कायम राख्न नसकेको उनको गुनासो थियो । अधिकांश ठाउँमा कांग्रेसका बागी उम्मेदवार रहेको बताउँदै उनले हालसम्म त्यसरी उम्मेदवारी दिएका कसैलाई कांग्रेसले कारवाही नगरेको गुनासोसमेत गरे । सर्लाही–२ मा गठबन्धनको निर्णय विपरीत कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी परेको तर हालसम्म कांग्रेसले हालसम्म त्यसको बारेमा केही नबोलेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
