राम्दीमा नयाँ पक्की पुल निर्माण गरिने
छ दशक अघि बनेको पुल जीर्ण भएपछि सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ पक्की पुल बन्ने भएको छ । लुम्बिनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्गका रुपमा समेत रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी धाममा नयाँ पक्की पुल बन्ने भएको हो ।
छ दशक अघि पाल्पा र स्याङ्जाको सीमाना राम्दीमा बनेको पुल जीर्ण भएपछि पुरानो पुल नजिकै नयाँ पुल बन्न लागेको हो । सिद्धार्थ राजमार्ग निर्माण भएका बेला वि.सं २०२८ मा ‘स्टील ट्रस’ हुँदै राम्दीमा पुल निर्माण गरिएको थियो । हाल उक्त पुल जीर्ण भएर दोहोरो आवतजावतमा रोक लगाइएको छ ।
नेपाल सरकार सडक विभाग पुल महाशाखाले हाल सञ्चालनमा रहेको पुलभन्दा सात मिटर तल अर्को पुल बनाउन ठेक्का लगाएको छ । पुरानो पुल जीर्ण भएकाले राम्दीमा नयाँ पुल निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेर निर्माण व्यवसायी छनौट गरिएको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जीनियर नवराज बाँस्तोलाले जानकारी दिए ।
आगामी २०८२ असार मसान्तभित्र सक्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भइसकेको बास्तोलाले जानकारी दिए । राम्दीमा पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपियाँ खर्च लाग्ने पुल आयोजनाले जनाएको छ ।
नयाँ निर्माण हुन लागेको पुलको चौडाइ ११ मिटर, लम्बाइ एक सय आठ मिटर र दायाँबायाँ झण्डै डेढ मीटरको फुटपाथ रहनेछ । उक्त पुलको ४० टनसम्मको भारवाहन क्षमता रहने बताइएको छ । पुल बनेपछि सिद्धार्थ राजमार्गमा दुईतर्फी आवतजावत सहज हुने स्थानीय बासिन्दाको भनाइ छ । हाल पुरानो पुल जीर्ण भएपछि चार वर्षदेखि एकतर्फी मात्र यातायात सञ्चालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण