सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसको घोषणापत्र : महिलालाई गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था

शनिबार, १२ कात्तिक २०७९, १४ : २०
शनिबार, १२ कात्तिक २०७९

नेपाली कांग्रेसले सबै महिलालाई गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने एजेण्डा अघि सारेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले शनिवार जारी गरेको चुनावी घोषणा पत्रमार्फत यो प्रतिबद्धता व्यक्त गरेको हो । 

साथै ६५ वर्षमाथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा गरिने बताएको छ । हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स  व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्सको सञ्जाल बनाइने उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप