कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएका छन् : मन्त्री पौडेल
शनिबार, १२ कात्तिक २०७९, १९ : ४५
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन् । शनिबार बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिलेर अघि बढेको बताए ।
“कांग्रेस र माओवादीबीच मुल मुद्धा मिलेका छन्, केपी ओलीले दुई दुई पटक संसद विघटन गर्दा संविधान जोगाउन कांग्रेस माओवादीसहित सरकार गठन भइ संविधानको रक्षा भयो,” उनले भने ।
उनले राजतन्त्र फालेर गणतन्त्र ल्याउने कुरा सामान्य नभएको बताए । “अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ”, उनले भने, “राजनीतिक स्थायित्वको लागि गठबन्धनको सरकार बन्छ ।” उनले बाचुन्जेल बागलुङको विकासका लागि लागिपरिरहने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण