दयाहाङको ह्याट्रिक

पछिल्लो समयका ब्यस्त अभिनेता हुन् दयाहाङ राई । थियटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेका राईलाई फिल्म खेलाउन निर्माता निर्देशक एक वर्षसम्म पनि कुर्न तयार छन् । यी नै अभिनेता दयाहाङका लागि यो वर्ष (२०७९) लाभदायक सिद्ध भएको छ । किनभने यो वर्षको ७ महिना भित्र उनका तीन फिल्म हिट भएका छन् ।
गत ४ कार्तिकमा रिलिज भएको फिल्म ‘के घर के डेरा’ ले सुखद व्यापार गरेसँगै यो बर्ष उनका हिट फिल्म तीन पुगेका हुन् । ‘के घर के डेरा’ ले अहिले पनि बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा निर्माण भएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ ।
यो वर्षको सुरुवातमै उनी अभिनित फिल्म ‘कबड्डी ४’ हिट भएको थियो । फिल्मले बक्स अफिसमा कमाइको मामलमा नयाँ रेकर्ड बनाएको थियो । फिल्मको व्यापार २२ करोड ग्रस रहेको निर्माण पक्षको दाबी छ । ‘कबड्डी ४’ पछि दयाहाङको फिल्म ‘२ नम्बरी’ पनि बक्स अफिसमा हिट भएको छ । फिल्मले लगानी उठाएर नाफा कमाउन सफल भएको भन्दै निर्माता करिण नेपालीले बोनसको घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख