भारतबाट तीन हप्ताभित्र ३० हजार मेट्रिक टन मल आउँदै
करिब ३ साता भित्र भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीले अबको ३ साताभित्र भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आयात हुने जनाएका हुन् ।
नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौताअनुसार उक्त परिमाणको युरिया मल आयात हुने भएको हो । कार्कीले जीटूजीमार्फत आउन लागेको मलले गहुँ, उखु र मकैको खेतीमा प्रयोग हुने जानकारी दिए । नेपालमा मल ल्याउनका लागि भारततर्फको सरकारी राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले जिम्मेवारी पाएको छ । यो कम्पनीले अबको १ महिना भित्रमा भारतबाट नेपालको बोर्डरदेखि २५ किलोमिटर भित्रसम्म रहेका गोदामसम्म मल ल्याइदिने छ ।
‘यसअघि भएको जीटूजीको तुलनामा यसपटक भएको सम्झौता उत्कृष्ट छ,’ कार्कीले भने, ‘यसअघि सम्झौता मात्रै हुन्थ्यो । यसपटक मल नै आउँछ ।’ कार्कीले विश्व बजारको तुलनामा भारतबाट आउन लागेको मलको मूल्य नै केही सस्तो रहेको जानकारी दिए ।
भारतबाट आउन लागेको मल प्रति मेट्रिक टन ७ सय ४२ अमेरिकी डलर खरिद मूल्य पर्छ । यो विश्व बजारको तुलनामा सस्तो रहेको लिमिटेडले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण