पिएम कप : एपीएफको विजयी सुरुवात
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एपीएफले आइतबार भएको खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २२० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ३२ ओभर १ बलमा अलआउट हुँदै मात्र १६३ रन बनायो । आर्मीका लागि हरि चौहान र रोहित पौडेलको अर्धशतकीय पारी खेले ।
६७ बल खेलेका चौहानले ६५ रनको अर्धशतकीय पारी खेल्दा ५९ बल खेलेका पौडेलले ५१ रनको अर्धशतकीय पारी खेले । एपीएफका लागि अमर सिंह रौटेलाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै कमल ऐरीले तीन विकेट लिँदा किशोर महतोको हातमा दुई विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ४ बलमा अलआउट हुँदै २१९ रन बनाएको थियो । एपीएफका लागि प्रदिप ऐरी र सन्दीप जोराले अर्धशतकीय पारी खेले । प्रदिपले ८० बल खेल्दै ७१ रन बनाउँदा ६२ बल खेलेका जोराले ५० रन बनाए ।
एपीएफका लागि भुवन कार्कीले २६ रन जोडे । आर्मीका बिक्रम सोबले सर्वाधिक चार विकेट लिए । त्यस्तै शाहब आलम र कुशल मल्लले दुई÷दुई विकेट लिए । जितसँगै एपीएफले पहिलो खेलमा दुई अंक जोडेको छ भने आर्मीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण