शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पिएम कप : एपीएफको विजयी सुरुवात

आइतबार, १३ कात्तिक २०७९, १६ : ५९
आइतबार, १३ कात्तिक २०७९

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एपीएफले आइतबार भएको खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २२० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ३२ ओभर १ बलमा अलआउट हुँदै मात्र १६३ रन बनायो । आर्मीका लागि हरि चौहान र रोहित पौडेलको अर्धशतकीय पारी खेले ।

६७ बल खेलेका चौहानले ६५ रनको अर्धशतकीय पारी खेल्दा ५९ बल खेलेका  पौडेलले ५१ रनको अर्धशतकीय पारी खेले । एपीएफका लागि अमर सिंह रौटेलाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै कमल ऐरीले तीन विकेट लिँदा किशोर महतोको हातमा दुई विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ४ बलमा अलआउट हुँदै २१९ रन बनाएको थियो । एपीएफका लागि प्रदिप ऐरी र सन्दीप जोराले अर्धशतकीय पारी खेले । प्रदिपले ८० बल खेल्दै ७१ रन बनाउँदा ६२ बल खेलेका जोराले ५० रन बनाए ।

एपीएफका लागि भुवन कार्कीले २६ रन जोडे । आर्मीका बिक्रम सोबले सर्वाधिक चार विकेट लिए । त्यस्तै शाहब आलम र कुशल मल्लले दुई÷दुई विकेट लिए । जितसँगै एपीएफले पहिलो खेलमा दुई अंक जोडेको छ भने आर्मीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप