उमेरले राजनीतिको फैसला गर्दैन : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाए ।
“विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन”, उनले भने । नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतको दृष्टान्त सुनाउँदै उनले आवश्यकताले आफू पाको उमेरमा पनि सक्रिय राजनीतिमा रहेको उल्लेख गरे ।
बागलुङ–१ बाट आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार रहेका अध्यक्ष केसीले आफूले चाहेर नभई पार्टीको निर्णयअनुसार उम्मेदवार बनेको स्पष्ट पारे । “मैले जिल्लाको साथीलाई पनि सिफारिस नगर्नुस् भनेको थिएँ, सिफारिस पनि भएको होइन, पछि पार्टी केन्द्रले नै अगाडि सार्यो, गठबन्धन दलबाट पनि तपाईँ नै चुनावमा उठ्नुपर्छ भन्ने सुझाव आयो”, उनले भने ।
अध्यक्ष केसीले गठबन्धनको सूत्रधार आफ्नै पार्टी रहेको समेत दाबी गरे । “गठबन्धनको सुरुआत गरेको हामीले हो, २०७७ पुस ५ गते संसद् विघटन भएपछि ७ गते प्रतिगमन भयो भनेर राष्ट्रिय जनमोर्चाले वक्तव्य निकालेको छ”, उनले भने ।
विसं २०५६, २०६४ र २०७० को चुनावबाट सांसद बनेका अध्यक्ष केसी अहिले पुनः संसद्मा छिर्ने दाउसहित सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । बयासी वर्षको पाको उमेरमा पनि पदका लागि राजनीतिमा अग्रसर रहेको भन्दै उनीमाथि बेलाबेला टिप्पणी हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण