प्रतिगमनकारीहरू आफूलाई अग्रगामी भन्दै हिँडेका छन् : पूर्वमन्त्री पाण्डे
चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले प्रतिगमनकारीहरू नै अग्रगामी भन्दै हिँडेको आरोप लगाएका छन् । भरतपुर–१४ शिवनगरस्थित शिवशक्ति युवा क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले देशलाई विदेशीलाई सुम्पिन तयार हुने नेताहरू आफूलाई अग्रगामी भन्दै हिँडेको टिप्पणी गरेका हुन् ।
उनले पहिचान र परिवर्तनको राजनीति भन्दै भाषण गर्नेहरूकै कारण देश सङ्कटमा पुगेको दाबी गरे । उनले देशलाई षड्यन्त्रकारीहरूको कब्जाबाट मुक्त गर्नुपर्ने खाँचो रहेको बताए । “सिद्धान्तको प्रशिक्षण दिनेहरूले अहिले फलानो पार्टीलाई भोट दिनु भनेर निर्देशन दिन थालेका छन्, जनतालाई पार्टीको सिपाही बनाएका छन्”, पूर्वमन्त्री पाण्डेले भने, “न्याय प्रेमी जनताहरू अब जाग्नुपर्छ, पार्टी होइन, देश बचाउने र विकास ल्याउने नेताहरूलाई जिताउन लाग्नुपर्छ ।”
उनले जनताले तिरेको कर देश विकासमा भन्दा बढी सांसदहरू मन्त्रीहरू पाल्न लगानी भएको जिकिर गरे । “गाउँ, बस्तीमा विकास ल्याउन बजेटले पुग्दैन, आयोजनाहरू ल्याउनुपर्ने अवस्था छ”, उनले भने, “दातृ निकायबाट ठुला आयोजना माग गर्नुपर्ने अवस्था छ, सङ्कलित कर जति सबै सांसद, मन्त्रीलाई सेवा सुविधाका लागि खर्च भइरहेको छ ।” उनले संघीय र प्रदेश सरकार बनाउन चुनाव पहिल्यै गठबन्धन गरेर झुटा आश्वासन बाँड्दै जनता झुक्याउने काम भइरहेको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची