प्रतिगमनकारीहरू आफूलाई अग्रगामी भन्दै हिँडेका छन् : पूर्वमन्त्री पाण्डे
चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले प्रतिगमनकारीहरू नै अग्रगामी भन्दै हिँडेको आरोप लगाएका छन् । भरतपुर–१४ शिवनगरस्थित शिवशक्ति युवा क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले देशलाई विदेशीलाई सुम्पिन तयार हुने नेताहरू आफूलाई अग्रगामी भन्दै हिँडेको टिप्पणी गरेका हुन् ।
उनले पहिचान र परिवर्तनको राजनीति भन्दै भाषण गर्नेहरूकै कारण देश सङ्कटमा पुगेको दाबी गरे । उनले देशलाई षड्यन्त्रकारीहरूको कब्जाबाट मुक्त गर्नुपर्ने खाँचो रहेको बताए । “सिद्धान्तको प्रशिक्षण दिनेहरूले अहिले फलानो पार्टीलाई भोट दिनु भनेर निर्देशन दिन थालेका छन्, जनतालाई पार्टीको सिपाही बनाएका छन्”, पूर्वमन्त्री पाण्डेले भने, “न्याय प्रेमी जनताहरू अब जाग्नुपर्छ, पार्टी होइन, देश बचाउने र विकास ल्याउने नेताहरूलाई जिताउन लाग्नुपर्छ ।”
उनले जनताले तिरेको कर देश विकासमा भन्दा बढी सांसदहरू मन्त्रीहरू पाल्न लगानी भएको जिकिर गरे । “गाउँ, बस्तीमा विकास ल्याउन बजेटले पुग्दैन, आयोजनाहरू ल्याउनुपर्ने अवस्था छ”, उनले भने, “दातृ निकायबाट ठुला आयोजना माग गर्नुपर्ने अवस्था छ, सङ्कलित कर जति सबै सांसद, मन्त्रीलाई सेवा सुविधाका लागि खर्च भइरहेको छ ।” उनले संघीय र प्रदेश सरकार बनाउन चुनाव पहिल्यै गठबन्धन गरेर झुटा आश्वासन बाँड्दै जनता झुक्याउने काम भइरहेको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण