माओवादी केन्द्रको घोषणापत्र : काठमाडौंमा मोनो रेल र मेट्रो रेल सञ्चालन
नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ । सो पार्टीले सोमबार सार्वजनिक गर्ने तयारी गरिरहेको घोषणापत्रमा काठमाडौं उपत्यकामा मोनो रेल र मेट्रो रेल सञ्चालन गर्ने उल्लेख रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोवी खोला र मनोहरा करिडोरमा मोनो रेलको निर्माण कार्य अघि बढाउने माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ । यस्तै, चक्रपथ वरिपरि र बुढानिलकण्ठ–सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने पनि घोषणापत्रमा उल्लेख रहेको स्रोतले जानकारी दियो ।
यस अतिरिक्त पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायतका मुख्य सहरमा मेट्रो र मोनो रेल, ट्रली लगायतका आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कार्य योजनाबद्ध रुपमा थालनी गरिने प्रतिबद्धता पनि माओवादी केन्द्रले घोषणापत्रमा समेटेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण