एकीकृत समाजवादीको घोषणापत्र : वैकल्पिक उपचार पद्धतिलाई प्राथमिकता
नेकपा एकीकृत समाजवादीले सरुवा रोगहरू नियन्त्रण तथा रोकथाममा विशेष ध्यान दिइने जनाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सोमबार सार्वजनिक घोषणा पत्रमार्फत डेंगु, चिकनगुनिया, मलेरिया, हेपाटाइटिस, कालाजार, हात्तीपाइले, टिबी, निमोनिया, टाइफाइड, झाडापखाला तथा सिक्सलेसेल एनिमिया एच.आई.भी, मलरिया एवम् कोभिड–१९ जस्ता संक्रामक रोगबाट बाच्न प्रभावकारी रोकथाम एवं नियन्त्रण गर्ने महत्वकांक्षी विषय उठान गरेको हो ।
संक्रमित तथा प्रभावितहरुको उपचार एवं यौन तथा प्रजनन स्वास्थ्यमा विशेष ध्यान दिइने जनाएको छ । यस्तै, समाजवादीको घोषणा पत्रमा आयुर्वेदिक, एलोपेथिक, होमियोपेथिक, युनानी, अकुपन्चर,आम्ची, प्राकृतिक र परम्परागत स्वास्थ्य सेवालगायत वैकल्पिक उपचार पद्धतिलाई एकीकृत र समन्यात्मक रुपमा सेवालाई संस्थागत्त गरिने बताइएको छ । ‘नेपालमा पाइने जीवनबुटी लगायतका औषधिजन्य पदार्थको संवर्द्धन गरी औषधी उत्पादन गर्न जोड दिइने छ,’ घोषणा पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण