दक्षिण कोरियामा विदेशी जनसंख्या घट्दो
दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०२१ मा लगातार दोस्रो वर्ष विदेशी जनसङ्ख्या घटेको जनाएको छ । गृह तथा सुरक्षा मन्त्रालयका अनुसार सन् २०२१ को नोभेम्बर १ मा यहाँ विदेशी नागरिकको सङ्ख्या २१ लाख ३४ हजार ५६९ पुगेको छ ।
यो अघिल्लो वर्षको तुलनामा १.० प्रतिशतले कम हो । सन् २००६ मा तथ्याङ्क सङ्कलन गर्न थालिएयता सन् २०२० मा विदेशी जनसङ्ख्यामा पहिलो पटक गिरावट आएको र सन् २०२१ मा दोस्रो वर्ष घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
विदेशी कामदार, विद्यार्थी र विवाहित आप्रवासीसहित दक्षिण कोरियाली नागरिकता नभएका विदेशी नागरिकको सङ्ख्या गत वर्षको नोभेम्बर १ मा १६ लाख ४९ हजार ९६७ पुगेको थियो । यो सन् २०१९ को तुलनामा २।७ प्रतिशतले कम हो । उक्त अवधिमा अङ्गीकृत दक्षिण कोरियालीहरूको पढाइ ५.९ प्रतिशतले बढेर दुई लाख १० हजार ८८० पुगेको छ भने विदेशी नागरिकका छोराछोरीको सङ्ख्या ४.६ प्रतिशतले बढेर दुई लाख ७३हजार ७२२ पुगेको छ ।
राजधानी सियोल आसपासको ग्योन्गी प्रान्तमा गत वर्ष ७ लाख १४ हजार ४ सय ९७ विदेशी नागरिक बसोबास गरेका थिए । यो कूल सङ्ख्याको ३३ दशमलव ५ प्रतिशत हो । त्यसपछि धेरै विदेशीको बसोबास सियोलमा २० प्रतिशत र पश्चिमी बन्दरगाह शहर इन्चोनमा ६.३ प्रतिशत रहेको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण