सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समयमा उपचार नपाउँदा हुम्लामा सुत्केरी महिलाको मृत्यु

वडाअध्यक्ष भन्छन्– ‘बिहान उज्यालो होला र बोकेर अस्पताल लैजाउँला भन्दा भन्दै मृत्यु भयो’
मङ्गलबार, १५ कात्तिक २०७९, १२ : ५०
मङ्गलबार, १५ कात्तिक २०७९

समयमा उपचार नपाउँदा हुम्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अदानचुली गाउँपालिका– ५ काँखे भन्ने गाउँका किसान शाहीकी श्रीमती रङ्गिता शाही रहेकी छन् । यद्यपि जन्मिएको शिशुको भने अवस्था सामान्य रहेको सोही वडाका वडाअध्यक्ष कमल बहादुर छत्यालले रातोपाटीलाई जानकारी दिए । 

सोमबार बिहानै बेथा लागेर दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनको लामो समयसम्म साल नझरेको र रक्तश्राव भइरहेको थियो । ‘तर गाउँ नजिकै स्वास्थ्य चौकी नभएकाले उनले उपचार पाइनन्,’ छत्यालले भने,‘ मंगलबार बिहान उज्यालो होला र स्टेचरमा बोकेर स्वास्थ्य चौकी लैजाउँला भन्दाभन्दै उनको मृत्यु भएको सुन्नामा आएको छ ।’ 

छत्यालका अनुसार रङ्गिताको घरदेखि स्वास्थ्य संस्थामा पुग्न एक घण्टा भन्दा बढी समय लाग्छ । त्यो पनि डाँडाकाँडाहरू छलेर स्टेचरमा बोकेर लैजानुपर्ने वाध्यता छ । रङ्गिताको यसअघि पनि ३ वर्षकी छोरी रहेको उनले बताए । 
‘यहाँ सामान्यतः अस्पताल गएर सुत्केरी गराउने चलन छैन,’उनले भने,‘  बिरामी भएको लामो समयसम्म पनि आवश्यक केयर नभएकाले उनको मृत्यु भएको हुनसक्छ ।’ 

उनका अनुसार सोही ठाउँमा अघिल्लो वर्ष पनि एक महिलाको  समयमा उपचार हुन नसक्दा मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप