सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
सारांश
- उदयपुरगढी गाउँपालिकामा सुनका गहना सफा गर्ने बहानामा ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
- स्थानीय महिलाहरूको करिब १/१ तोला बराबरको सुनको बेरुवा रिङलाई रासायनिक पदार्थ प्रयोग गरी सफा गर्ने बहानामा सुनको मात्रा घटाई ठगी गरेको आरोप छ ।
- पक्राउ पर्नेहरू भारतको बिहार राज्यका गोबिन्द कुमार साह र सचिन साह हुन् ।
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा सुनका गहना सफा गर्ने बहानामा ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका वडा नं. २ र ३ मा बस्ने स्थानीय महिलाहरू पेशल कुमारी मगर र मनमाया तामाङले कानमा लगाएको करिब १/१ तोला बराबरको सुनको बेरुवा रिङलाई रासायनिक पदार्थ (केमिकल) प्रयोग गरी सफा गर्ने बहानामा सुनको मात्रा घटाई ठगी गरेको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएका थिए । सोही सूचनाका आधारमा मिति सोमबार प्रहरी चौकी उदयपुरगढीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सहरसा जिल्ला, पुरिक पुरुषोत्तमपुर ग्राम पञ्चायत (विहान थाना) बस्ने वर्ष २८ का गोबिन्द कुमार साह र सोही राज्यको मधेपुरा जिल्ला, रहताग्राम पञ्चायत (कुमार थाना) बस्ने वर्ष ३३ का सचिन साह रहेका छन् ।
ठगी कार्यमा संलग्न दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण