भरतपुर महानगरपालिकाले गोलाघाटमा एकादशी मेला आयोजना गर्ने
चितवनको गोलाघाटमा एकादशी मेला लाग्ने भएको छ । भरतपुर महानगरपालिका–२८ को आयोजनामा यहाँ उक्त मेला आयोजना गर्न लागिएको हो । पश्चिम चितवनको मुख्य पर्यटकीय क्षेत्र गोलाघाटको प्रचारप्रसार गर्ने उद्देश्यले कात्तिक १७ र १८ गते मेला गर्न लागिएको गोलाघाट एकादशी मेला आयोजक समितिका अध्यक्ष भीमसेन कुमालले जानकारी दिए ।
मेला नारायणी नदी र राप्ती खोलाको सङ्गमस्थल नजिक सञ्चालन हुने र यहाँ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई गोलाघाट धार्मिकस्थलका रुपमा समेत चिनाउने मेलाको उद्देश्य रहेको उनको भनाइ थियो । मेलामा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको समेत प्रस्तुति रहने सचिव बुद्धि कँडेलले जानकारी दिए । मेलाको आकर्षणका रुपमा ब्राह्मण समुदायको भजन–कीर्तन, दलित समुदायको पञ्चेबाजा, कुमाल समुदायको पाउदुरे, थारू समुदायको लट्ठी नृत्य रहनेछ । एकादशी मेलाले गोलाघाटमा आन्तरिक पर्यटन आगमन बढाउने आयोजकको विश्वास छ ।
दुई दिनसम्म चल्ने मेला हेर्न आउनेहरुले यहाँको थारू र कुमाल घरबास ‘होमस्टे’मा बास बस्न सक्ने र स्थानीय परिकार चिँचर, हाँस–कुखुरा, घुँगीलगायत परिकारको स्वाद लिन सक्नेछन् । प्रत्येक वर्ष एकादशीका दिन गरिने मेला कोरोनाका कारणले केही वर्ष रोकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको गोलाघाटमा विशेष गरेर वन्यजन्तु हेर्नका लागि पर्यटक आउने गर्छन् ।
निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्ती नदी मिसिएर अगाडि बढ्छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न पनि स्थानीय तथा बाह्य पर्यटक आउने गर्छन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवम् भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको दृश्य राम्रोसँग अवलोकन गर्न सकिन्छ । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणको केन्द्रविन्दु रहेको छ । मेलामा आउने पर्यटकले जिप सफारी गरी वन्यजन्तु देख्न र गोलाघाटको सुन्दरताको आनन्द लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण