आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा

आइतबार, ०७ असार २०८३, ०९ : ४५
आइतबार, ०७ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' मा ट्युनिसिया र जापानबीचको खेल सुरु भएको छ।
  • यस विश्वकपमा दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिएका हुन्।
  • समूह 'एफ' को समीकरणलाई ध्यानमा राख्दा आजको खेलको नतिजाले दुवै टोलीको नकआउट चरण यात्रामा महत्वपूर्ण प्रभाव पार्नेछ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा ट्युनिसिया र जापानबिचको खेल सुरु भएको छ। मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो मोन्टेरेमा भइरहेको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ।

यस विश्वकपमा दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिएका हुन्। जापान पहिलो खेलमा नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि नकआउट चरणतर्फ उन्मुख छ भने ट्युनिसियाका लागि प्रतियोगितामा टिकिरहन जित अपरिहार्य बनेको छ।

विश्वकपमा यी दुई टोलीबिच यो दोस्रो भेट हो। सन् २००२ को विश्वकप समूह चरणमा भएको पहिलो भेटमा जापानले ट्युनिसियालाई २–० ले हराएको थियो। पछिल्लो समय पनि जापान उत्कृष्ट लयमा देखिएको छ र उसले पछिल्ला आठ खेलमा हार बेहोरेको छैन।

समूह ‘एफ’ को समीकरणलाई ध्यानमा राख्दा आजको खेलको नतिजाले दुवै टोलीको नकआउट चरण यात्रामा महत्वपूर्ण प्रभाव पार्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप