मोरङमा नमुना मतदान गरियो
विराटनगर–९ बुधहाट चौकमा बुधबार नमुना मतदान कार्यक्रम गरिएको छ । मोरङमा नमुना मतदान कार्यक्रम बुधबारदेखि सुरू भएको १ नं. प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यव अधिकारीले जानकारी दिए ।
नमुना मतदानमा महिला पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पट्याउने तरिका सिकाइएको प्रमुख अधिकारीले जानकारी दिए ।
नमुना मतदान कार्यक्रममा सहभागी मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले मतदाताको मतले सक्षम नेतृत्व निर्वाचित गराउनका लागि नमुना मतदानले सहयोग पुग्ने बताए । नमुना मतदान कार्यक्रम मुख्य निर्वाचन अधिकृत ढुङ्गेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी र सर्वसाधारणहरूले मतदान गरेका थिए । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत बदर हुन नदिन मोरङमा बुधबारदेखि नमुना मतदानको कार्यक्रम सुरू भएको हो ।
बिहीबारदेखि २ देखि तीनवटा समूह बनाएर निर्वाचन कार्यालयका कर्मचारीहरू मोरङको १७ वटै स्थानीय तहहरूमा नमूना मतदान गराउँदै हिँड्ने उनले बताए । मतदान प्रक्रियाका बारेमा जानकारी दिने, आफ्नो भोटको महत्त्व बुझाउने, आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने र बदर मत प्रतिशत घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम सुरु गरिएको उनले बताए । नमूना मतदानसँगै मतदाता शिक्षा पनि सुरू गरिएको छ ।
‘नमुना मतदानमा निर्वाचन कार्यालयका कर्मचारीहरू समूह बनाएर परिचालन हुनेछन्,’ उनले भने, ‘नमूना मतदानसँगै मतदाता शिक्षा पनि सुरू हुनेछ । मतदाता शिक्षा १५ दिनसम्म सुरू हुनेछ ।’ मतदाता शिक्षामा स्वयमसेविका परिचालन हुनेछन् । ‘भ्याएसम्म घरदैलो गरेर मतदाता शिक्षा पुर्याउने लक्ष्य रहेको छ,’ उनले भने, ‘नभए सामुदायस्तरमा पुगेर मतदाता शिक्षा पनि स्वयम् सेविकाहरूले दिनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण