प्रदीप ज्ञवालीको प्रतिवद्धता : पूर्वाधार विकासलाई पाँच वर्षभित्र पूर्णता दिने
नेकपा एमालेका उपमहासचिव तथा गुल्मी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार रहेका प्रदीपकुमार ज्ञवालीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आगामी पाँच वर्षभित्रमा आफूले गर्ने विकास निर्माणको फेहरिस्तसहित उनले बुधबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
तम्घासमा पत्रकार सम्मेलन गरी नेता ज्ञवालीले जिल्लाभित्रका सडक पूर्वाधारका आधारभूत कामहरू सकिएको दावी गर्दै अब सडकहरुको स्तरोन्नतिको काम अगाडि बढाउने बताए । उनले कालीगण्डकी करिडोर कालोपत्रे गर्ने, जोर्ते प्रभास सुरुङ्गमार्गको अध्ययन सकेर निर्माण कार्य सुरु गने र सिद्धबाबा सुरुङ्ग मार्गलाई पूर्णता दिने बताए । यस्तै विकास निर्माणका आधारभूत काम आगामी पाँचबर्ष भित्रमा सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाए ।
उनले आफ्नो पछिल्लो कार्यकालमा राष्ट्रिय महत्वका ठुला आयोजना बाहेक निर्वाचन क्षेत्रभित्रका पालिकाहरुका सडक तथा पुल निर्माणका लागि ६ अर्ब भन्दा बढी बजेट पारेर काम सम्पन्न भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण