सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप ज्ञवालीको प्रतिवद्धता : पूर्वाधार विकासलाई पाँच वर्षभित्र पूर्णता दिने

बुधबार, १६ कात्तिक २०७९, १८ : २७
बुधबार, १६ कात्तिक २०७९

नेकपा एमालेका उपमहासचिव तथा गुल्मी  क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार रहेका प्रदीपकुमार ज्ञवालीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आगामी पाँच वर्षभित्रमा आफूले गर्ने विकास निर्माणको फेहरिस्तसहित उनले बुधबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । 

तम्घासमा पत्रकार सम्मेलन गरी नेता ज्ञवालीले जिल्लाभित्रका  सडक  पूर्वाधारका आधारभूत कामहरू सकिएको दावी गर्दै  अब सडकहरुको स्तरोन्नतिको काम अगाडि बढाउने बताए । उनले कालीगण्डकी करिडोर कालोपत्रे गर्ने, जोर्ते प्रभास सुरुङ्गमार्गको अध्ययन सकेर निर्माण कार्य सुरु गने र सिद्धबाबा सुरुङ्ग मार्गलाई पूर्णता दिने बताए । यस्तै विकास निर्माणका आधारभूत काम आगामी पाँचबर्ष भित्रमा सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाए ।

उनले आफ्नो पछिल्लो कार्यकालमा राष्ट्रिय महत्वका ठुला आयोजना बाहेक निर्वाचन क्षेत्रभित्रका पालिकाहरुका सडक तथा पुल निर्माणका लागि ६ अर्ब भन्दा बढी बजेट पारेर काम  सम्पन्न भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप