ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
सारांश
- परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षा राज्यमन्त्री जार्विसबीच भूतपूर्व ब्रिटिश गोर्खाहरूका गुनासो र माग सम्बोधन गर्ने विषयमा छलफल भएको छ।
- मन्त्री खनालले गोर्खाहरूको समस्या जतिसक्दो चाँडो आपसी सहमतिमा टुङ्ग्याउन र उनीहरूको योगदानको मानवीय दृष्टिकोणबाट मूल्याङ्कन गर्न आग्रह गरेका छन्।
- बेलायती रक्षा राज्यमन्त्री जार्विसले गोर्खाहरूको मुद्दालाई छिटोभन्दा छिटो टुङ्ग्याउनु आफ्नो सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षा राज्यमन्त्री ड्यान जार्विस ज्यलबिच छलफल भएको छ। मङ्गलबार भएको भर्चुअल छलफलमा विगत लामो समयदेखि समाधान हुन नसकेका भूतपूर्व ब्रिटिश गोर्खाहरूका गुनासो र मागहरूको सम्बोधन गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले नेपाल र बेलायत बिचको ऐतिहासिक सम्बन्धमा ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै गोर्खाहरूको यो लामो समयदेखिको समस्यालाई जतिसक्दो चाँडो आपसी सहमतिमा टुग्यांउन आग्रह गरेका छन्।
गोर्खाहरूले बेलायतका लागि पुर्याएको योगदान, त्याग र बलिदानलाई मानवीय दृष्टिकोणबाट मूल्याङ्कन गर्दै उनीहरूका मागहरू न्यायोचित ढङ्गले सम्बोधन गर्न बेलायत सरकारसँग मन्त्री खनालले आग्रह गरेको मन्त्रालयले जनाएको छ।
यसका साथै नेपाल सरकार यो समस्यालाई रचनात्मक र सहयोगात्मक ढङ्गले समाधान गर्नका लागि आवश्यक भूमिका खेल्न सदैव तयार रहेको मन्त्री खनालले स्पष्ट पारे।
जवाफमा बेलायती रक्षा मन्त्री ड्यान जार्विसले ब्रिटिश गोर्खाहरू बेलायती सेनाको एक अभिन्न अङ्ग रहेको उल्लेख गर्दै उनीहरूको यो मुद्दालाई छिटोभन्दा छिटो टुङ्ग्याउनु आफ्नो सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
भर्चुअल छलफलमा परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल र मन्त्रालयका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। यसअघि पनि जेठ २६ गते परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षा राज्यमन्त्री ड्यान बिच भर्चुअल संवाद भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण