मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता

मङ्गलबार, ३० असार २०८३, १७ : ५७
मङ्गलबार, ३० असार २०८३

सारांश

  • नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत श्मुलिक अरी बासबिच द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ बनाउने विषयमा भेटवार्ता भएको छ।
  • सन् १९९३ देखि दुई देशका उद्योग वाणिज्य महासङ्घबिच मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै विगत तीन दशकभन्दा लामो सहकार्यलाई अझ बलियो बनाउने विषयमा छलफल भएको छ।
  • इजरायली राजदूतले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको र अध्यक्ष श्रेष्ठले इजरायलको प्रविधि तथा कृषि क्षेत्रबाट नेपालले सिक्न सक्ने बताएका छन्।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक अरी बासबिच मङ्गलवार भेटवार्ता भएको छ।

महासङ्घकै कार्यालयमा पुगेर अध्यक्ष श्रेष्ठसँग राजदट्ठत बासले भेटवार्ता गरेका नेपालस्थित इजरायली दूतावासले जनाएको छ । सो भेटवार्तामा दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको जनाएको छ।

भेटका अवसरमा सन् १९९३ देखि नेपाल उद्योग वाणिज्य महासङ्घ र इजरायल फेडेरेसन अफ च्याम्बर अफ कमर्स बिच मैत्रीपूर्ण सम्बन्धको रहेको स्मरण गरिएको थियो। 

विगत तीन दशकभन्दा लामो समयदेखिको यो सहकार्यलाई अझ बलियो बनाउँदै लैजाने दुवै जनाको बिचमा कुराकानी भएको बताइएको छ।

छलफलका क्रममा दुवै देशबिच रहेका व्यापारिक सम्भावनाहरूको खोजी गर्ने र व्यापारिक क्षेत्रमा नयाँ तथा परिमार्जित समझदारी गर्ने विषयमा पनि कुराकानी भएको बताइएका छ।

इजरायली राजदूत बासले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न इजरायल सदैव तत्पर रहेको बताउँदै द्विपक्षीय व्यापार अभिवृद्धिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष श्रेष्ठले इजरायलको प्रविधि र कृषि क्षेत्रको आधुनिकताबाट नेपालले धेरै कुरा सिक्न सक्ने र व्यापारिक साझेदारीले दुवै देशलाई फाइदा पुग्ने बताएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप