जुम्लामा विस्फोटक पदार्थबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना
जुम्लामा म्यादी प्रहरीलाई बम डिस्पोजल गर्ने उपायबारे जानकारी गराइएको छ । नेपाली सेनाको नन्दबक्स गणले उपसेनानी सन्तोष केसी नेतृत्वको टोलीले विद्यालय, ग्रामीण वस्तीदेखि सार्वजनिक सरोकार राख्ने निकायसम्म पुगेर बमबाट जोगिने उपायबारे कक्ष सञ्चालन गर्न थालेको हो ।
पहिलो चरणमा जिल्लाको गुठीचौर गाउॅपालिकामा नागरिकलाई भेला गराएर बमबाट बच्न अपनाउनुपर्ने उपायबारे सहजीकरण गरेको थियो । नन्दाबक्स गणका गणपति रविन थापाले जुम्लामा बमलगायत शङ्कास्पद वस्तुदेखि बच्न सबैले होसियारी अपनाउनुपर्नेमा जोड दिए ।
अप्रिय घटना हुन नदिन सेनाको टोली जिल्लाभर खटिएको छ । हरेक निर्वाचन केन्द्रमा खटिने म्यादी प्रहरी, नेपाल प्रहरीलाई समेत बमबाट जोगिन अपनाउनुपर्ने उपायका विषयमा कक्ष प्रदान गरिएको थापाले बताए ।
निर्वाचनताका शंकास्पद बस्तु फेला पर्ने उच्च सम्भावना हुन्छ । त्यसैले गाउॅबस्तीसम्म पुगेर धमाधम सचेतना फैलाउन थालिएको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
-
स्थापनाको ५ वर्ष, कामै नगरी खारेज भयो बागमती प्रदेशको एउटा कार्यालय
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण