मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध

सोमबार, २२ असार २०८३, २१ : ०७
सोमबार, २२ असार २०८३

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सनमा लुम्बिनी लायन्सले आसिफ शेखलाई उच्च मूल्यमा अनुबन्ध गरेको छ ।
  • यसअघि जनकपुर टोलीको कप्तानी सम्हालेका विकेटकिपर ब्याटर शेखलाई यस सिजनका लागि टोलीले रिलिज गरेको थियो ।
  • शेखले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लगातार उच्चस्तरको प्रदर्शन गर्दै आएका छन् ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार राजधानीमा जारी खेलाडी अक्सनमा राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य आसिफ शेखलाई लुम्बिनी लायन्सले उच्च मूल्यमा अनुबन्ध गरेको छ । 

यसअघि जनकपुर टोलीको कप्तानी सम्हालेका विकेटकिपर ब्याटर शेखलाई यस सिजनका लागि टोलीले रिलिज गरेको थियो ।

सोमबार भएको अक्सनका क्रममा लुम्बिनी लायन्सले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको हो । 

शेखले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लगातार उच्चस्तरको प्रदर्शन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप