६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
विराटनगर १२ का एक ३८ वर्षीय युवक स्थानीय ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का ३८ वर्षीय सजन कामत रहेका छन् । उनले घरमा कोही नभएको मौका छोपी बालिकालाई भाइटीकाको भोलिपल्ट कार्तिक ११ गते दिउँसो बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री हुन् ।
पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्छन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् । बलात्कार आरोपमा पक्राउ परेका कामत अविवाहित हुन् । पीडित बालिकाले कामतले बलात्कार गरेको विषयमा छिमेकीलाई सुनाएकी थिइन् । त्यसपछि बलत्कारको घटना विराटनगर १२ मा रहेको प्रहरी चौकी बखरीमा पुगेको थियो ।
पीडित बालिकाका बावुले मोरङ प्रहरीमा १४ कार्तिकमा कामतविरूद्ध ‘जवरजस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले बुधबार कामतलाई मोरङ अदालतमा जवरजस्तीकरणी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ । पीडित बालिकाको बुधबार विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण