मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पुष्प र पूजाको नयाँ म्युजिक भिडियो सार्वजनिक

बिहीबार, १७ कात्तिक २०७९, ११ : ०७
बिहीबार, १७ कात्तिक २०७९

फिल्मको पर्दामा स्क्रिन शेयर गर्न नपाएका अभिनेता पुष्प खड्का र  अभिनेत्री पूजा शर्माले म्युजिक भिडियोमा भने लगातार काम गरिरहेका छन् । यस्तैमा पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालले सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप