शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भोट माग्दै विक्रम पाण्डेले भने–हारेपछि पनि भागेको छैन

बिहीबार, १७ कात्तिक २०७९, १३ : ०१
बिहीबार, १७ कात्तिक २०७९

चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले विगतमा आफू यो क्षेत्रबाट हारे पनि भागेर कतै नभएको बताएका छन् । चितवनका जनताको सुख दु:खमा सधैं आफू साथमा रहेको उल्लेख गर्दै पाण्डेले यसपटक आफूलाई जिताउन मतदातासँग आग्रह गरे । 

बिहीबार भरतपुर–१६ मा आयोजित निर्वाचन प्रचारप्रसार अभियानलाई सम्वोधन गर्दै उनले भने, ‘यो निर्वाचन क्षेत्रबाट गएको चुनावमा पराजित भए पनि क्षेत्र छोडेर कतै भागेको छैन ।  भविष्यमा पनि तपाईंहरुको माझमै रहन्छु ।’ आफू जनताको दुःख र विकासको साथमा रहेको बताउँदै  उनले गत निर्वाचनमा आफूले हार्दा चितवनले पनि हारेको दाबी गरे । 

परिवर्तनका लागि राजनीति गरेका भन्नेहरुलाई प्रश्न गर्दै उनले परिवर्तन जनताको झुपडीमा आयो कि आएन भनेर कटाक्ष गरे । उनले सत्ता गठबन्धन कुनै राजनीतिक सिद्धान्त वा दर्शनबाट बनेको सत्ता स्वार्थका लागि भएको बताए । 

कार्यक्रममा क्षेत्र नं ३ (क) का उमेदवार ज्ञानजंग लामा, (ख) का उमेदवार रिना गुरुङ लगायत पार्टीका केन्द्रीय तथा जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप