उत्तर कोरियाले गरेको ब्यालेष्टिक मिसाइल परीक्षण असफल : दक्षिण कोरिया
उत्तर कोरियाले प्रक्षेपण गरेको नयाँ प्रकारको (सम्भावित) ‘अन्तर महादेशीय व्यालेष्टिक मिसाइल (आईसीबीएम)’को प्रक्षेपण असफल भएको हुनसक्ने दक्षिण कोरियाका सेनाले बताएको छ । आइसीबीएम क्षेप्यास्त्र बिहीबार बिहान प्रहार गरिएको तीनमध्ये एउटा थियो ।
आइसीबीएमलाई प्योङयाङको बाहिरी भागबाट प्रक्षेपण गरिएको प्रोपेलेन्ट र वारहेड खण्डहरू छुट्टिएपछि असफल भएकोजस्तो देखिएको रक्षा स्रोतहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाली मिडियाले बताएका छन् । लामो दूरीको क्षेप्यास्त्रहरु अधिकतम २,००० किलोमिटरको उचाइसम्म पुगेर ७५० किमी तेस्रो उड्न सक्ने जापानी रक्षा मन्त्री यासुकाजु हामादाले बताए । उनले बिहीबार परीक्षण भएको उत्तर कोरियाली मिसाइल भने जापानको तटबाट लगभग ११०० किमी पर झरेको बताए ।
स्थानीय समय अनुसार बिहान साढे ७ देखि ९ बजेबीच भएको प्रक्षेपणले उत्तरी जापानका मियागी, यामागाटा र निगाता प्रिफेक्चरहरूमा आपतकालीन चेतावनी निम्त्याएका थिए । त्यस भेगमा मानिसहरुलाई घरभित्र आश्रय दिन भनिएको थियो । साथै मिसाइलकै डरले केही स्थानका रेलहरू केही समय रोकिएको थियो ।
सियोलले बिहीबार प्योङयाङबाट लामो दुरीको एक क्षेप्यास्त्र र प्योङयाङबाट उत्तर काइचोनबाट दुई छोटो दुरीका क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । अघिल्लो दिन उत्तर कोरियाले अभूतपूर्व परीक्षणपछि जापान सरकार र सेना बिहीबार थप क्षेप्यास्त्र प्रक्षेपणका लागि अलर्टमा बसेको थियो ।
बुधवार प्योङयाङले हालसम्म एकै दिनमा गरेको सबैभन्दा धेरै २६ मिसाइलहरू परीक्षण गरेको थियो । उत्तर कोरियाले वासिङ्टन र सियोलले हालसम्मकै ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा उक्त प्रक्षेपण गरेको बताएको छ ।
सोमबारदेखि शुक्रबारसम्म चल्ने उक्त सैन्य अभ्यास ‘भिलिल्यान्ट स्ट्रोम’ उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई रोक्न उद्देश्यले गरिएको बताइएको छ । –द गार्जियनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण