उत्तर कोरियाले गरेको ब्यालेष्टिक मिसाइल परीक्षण असफल : दक्षिण कोरिया
उत्तर कोरियाले प्रक्षेपण गरेको नयाँ प्रकारको (सम्भावित) ‘अन्तर महादेशीय व्यालेष्टिक मिसाइल (आईसीबीएम)’को प्रक्षेपण असफल भएको हुनसक्ने दक्षिण कोरियाका सेनाले बताएको छ । आइसीबीएम क्षेप्यास्त्र बिहीबार बिहान प्रहार गरिएको तीनमध्ये एउटा थियो ।
आइसीबीएमलाई प्योङयाङको बाहिरी भागबाट प्रक्षेपण गरिएको प्रोपेलेन्ट र वारहेड खण्डहरू छुट्टिएपछि असफल भएकोजस्तो देखिएको रक्षा स्रोतहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाली मिडियाले बताएका छन् । लामो दूरीको क्षेप्यास्त्रहरु अधिकतम २,००० किलोमिटरको उचाइसम्म पुगेर ७५० किमी तेस्रो उड्न सक्ने जापानी रक्षा मन्त्री यासुकाजु हामादाले बताए । उनले बिहीबार परीक्षण भएको उत्तर कोरियाली मिसाइल भने जापानको तटबाट लगभग ११०० किमी पर झरेको बताए ।
स्थानीय समय अनुसार बिहान साढे ७ देखि ९ बजेबीच भएको प्रक्षेपणले उत्तरी जापानका मियागी, यामागाटा र निगाता प्रिफेक्चरहरूमा आपतकालीन चेतावनी निम्त्याएका थिए । त्यस भेगमा मानिसहरुलाई घरभित्र आश्रय दिन भनिएको थियो । साथै मिसाइलकै डरले केही स्थानका रेलहरू केही समय रोकिएको थियो ।
सियोलले बिहीबार प्योङयाङबाट लामो दुरीको एक क्षेप्यास्त्र र प्योङयाङबाट उत्तर काइचोनबाट दुई छोटो दुरीका क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । अघिल्लो दिन उत्तर कोरियाले अभूतपूर्व परीक्षणपछि जापान सरकार र सेना बिहीबार थप क्षेप्यास्त्र प्रक्षेपणका लागि अलर्टमा बसेको थियो ।
बुधवार प्योङयाङले हालसम्म एकै दिनमा गरेको सबैभन्दा धेरै २६ मिसाइलहरू परीक्षण गरेको थियो । उत्तर कोरियाले वासिङ्टन र सियोलले हालसम्मकै ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा उक्त प्रक्षेपण गरेको बताएको छ ।
सोमबारदेखि शुक्रबारसम्म चल्ने उक्त सैन्य अभ्यास ‘भिलिल्यान्ट स्ट्रोम’ उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई रोक्न उद्देश्यले गरिएको बताइएको छ । –द गार्जियनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
-
कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
-
सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना