शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार प्रदेश कमान्ड पोष्टले इटहरीमा आयोजना गरेको निर्वाचन विशेष सुरक्षा योजना सम्बन्धित बैठकमा मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
आवधिक निर्वाचन कसैको जित हार भन्दा पनि लोकतन्त्रको जीतका रूपमा हुने बताउँदै मन्त्री कार्कीले लोकतन्त्रलाई विजयी बनाउनका लागि सुरक्षा निकायका प्रतिनिधिलाई निर्देशन दिए ।
‘यो कसैको जित हारको कुरा हुँदैन । आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउँदछ’, उनले भने, ‘जनताले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउनुपर्छ ।’ मन्त्री कार्कीले प्रदेशका संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाउन निर्देशन दिँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।
बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले प्रदेशको सुरक्षा स्थिति तथा योजनाका बारेमा ब्रिफिङ गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण