एमालेले जनमतको अपमान गरेको छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन् । सत्ता गठबन्धनले आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरुलाई यी सबै उपलब्धिहरू सामान्य लाग्लान्, तर हिजो हाम्रा अग्रजहरु, शहिदहरु र स्वयम् हामी सहभागी भएर लडेर ल्याएको यो व्यवस्था, यो संविधान चानचुने संघर्षबाट प्राप्त भएको होइन ।’
नयाँ संविधानले समाजका सबैखाले वर्ग, तह र तप्काका जनताका मुद्दा सम्बोधन गरेको बताउँदै मन्त्री चौधरीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको बताए । ‘एक जना सन्की, एक जना मूर्ख शासकको हातमा मुलुक पुग्दा सबै बर्बाद भयो । साराका सारा उपलब्धिहरु गुम्ने खतरा पैदा भयो । र एक जना जननिर्वाचित सांसद हुनुको नाताले हामीले संविधान पार्टी भन्दा कैयौँ गुणा ठुलो कुरा हो भन्ने महसुस गर्याैँ । त्यसैकारण जोखिम मोल्न हामीहरु तयार भयौँ ।’ मन्त्री चौधरीको भनाई थियो ।
सत्ता गठबन्धन दलका कार्यकर्ताहरुलाई प्रदेश मन्त्री इन्द्रजित थारु, समानुपातिक उम्मेदवार शुशिला चौधरी, वुद्धिजिवि देव नारायण चौधरी लगायतले सक्रियतापूर्वक चुनावी माहोल निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला