गोरखामा विकास र समृद्धिको सपना बोकेर आएँ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू गोरखामा विकास र समृद्धिको सपना बोकेर चुनाव लड्न आएको बताएका छन् । शुक्रबार चुनाव प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा नगरपालिका वडा नम्बर १३ र १४ को याङ्कोटको कोणसभालाई सम्बोधन गर्दै गोरखालाई विकाससँग जोड्न चुनाव लड्न गोरखा आइपुगेको बताए ।
‘गोरखामा विकास र समृद्धिको सपना बोकेर आएको हुँ । यहाँका बाटाहरुलाई राजमार्गसँग जोड्ने र धुला बाटालाई पिच बनाउने तपाईंहरुसँग प्रतिवद्धता व्यक्त गर्छु,’ प्रचण्डले मतदाताहरूलाई भने ।
पहिलो निर्वाचनबाट देशका विभिन्न ठाउँबाट चुनाव लडेकाले यो पटकको आफ्नो रोजाईं गारेखा भएको उनले बताए । ‘पहिलो पटक चुनाव लड्दा रोल्पा र काठमाडौंबाट चुनाव लडें । यहाँबाट चुनाव लड्ने मक्सद थियो । जनयुद्ध र जनआन्दोलनलाई जोडेर शान्ति प्रकृयामा देशलाई लैजाने । दोस्रो पटक मधेशको सिराह जिल्लाबाट उठें’ उनले भने, ‘यतिबेला मधेसलाई पहाडबाट अलग्याउने प्रयास गरिएको थियो । यो अवस्थामा एउटा राष्ट्रिय नेताको हैसियतले मधेश र पहाडलाई एकातावद्ध गर्नुपर्छ भनेर चुनाव लडें ।’
तेस्रोपटक चितवनबाट लड्नुको मुख्य उद्देश्य धुलाम्मे बाटालाई पिच गर्नु र चितवनका जनताको माग सम्बोधन गर्नुभएको उनको भनाइ थियो । उनले भने, ‘चितवनमा जनताले अपेक्षा पनि थियो प्रचण्ड चितवनबाट चुनाव लडोस् भन्ने थियो,’ चुनाव जितेर अहिले त्यो निर्वाचन क्षेत्रमा विकासका पूर्वाधारहरू बनिसकेका छन् । अहिले पनि पुनः यहाँको विकासका लागि गोरखा आएको हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण