मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

जेल गए सन्दीप, क्रिकेट करियर ध्वस्त (तस्बिरमा हेर्नुहोस्)

शुक्रबार, १८ कात्तिक २०७९, १५ : १२
शुक्रबार, १८ कात्तिक २०७९

क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ । 

शुक्रबार नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।  सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​उनी विदेशबाट फर्कनासाथ दशैँको तिकाको भोलिपल्ट विमानस्थलबाटै पक्राउ परेका थिए ।  छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप