स्वास्थ्य केन्द्रमा मतदान केन्द्र, स्थानीयवासीको विरोध
मेचीनगर नगरपालिका–१० मा रहेको प्राथमिक धुलाबारी स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । स्वास्थ्य चौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा बिरामीलाई असर पर्ने जनाउँदै स्थानीयवासीले विरोध जनाएका हुन् ।
मेचीनगर-१० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्द्रमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले सुविधा नपाउँदा मन खिन्न भएको कुरा सामाजिक सञ्जालमा उल्लेख गर्दै आगामी निर्वाचनमा मतदान केन्द्र नबनाइ दिनका लागि आग्रह गरेका छन् ।
उनले भनेका छन्, “आँखै अगाडि देखेको यो घटनाले जीवनभर घोचिरहनेछ । अब आउने दिनमा हेल्थ पोस्टलाई निर्वाचन केन्द्र बनाउँदै गर्दा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् ।” झापा क्षेत्र नं १ मा रहेको यस केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीय समाजसेवी देवीमाया गौतमले पनि विरोध जनाएका छन् ।
उनले निर्वाचन कार्यालयले विगतमा पटक पटक गरेको गल्ती यसपालि पनि दोहोर्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले हरेक नागरिकको २४ घण्टै पाउनुपर्ने स्वास्थ्योपचारको अधिकारमाथि निर्वाचन कार्यालयले हनन् गरेको आरोप लगाए ।
क्षेत्र नं १ का निर्वाचन अधिकृत टङ्कबहादुर महतले स्वास्थ्य केन्द्रलाई मतदान केन्द्र बनाउनु उचित नभए पनि तत्काल विकल्प नभएको बताए । उनले भने, “पहिलादेखि नै कसरी रह्यो, पहिल्यै सुधार गर्नुपर्थ्यो । अब ठाउँ तोकिएको स्थानबाट ठाउँ सार्न पाइँदैन, अर्को उपाय छैन ।”
उनले स्वास्थ्य केन्द्रमा मतदान केन्द्र बनाउँदा बिरामीलाई असर पर्नेमा आफू चिन्तित भए पनि तत्काल केही गर्न नसकिने बताए । झापामा दुई सय ८५ मतदानस्थल र सात सय ५५ मतदान केन्द्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण