कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै सुल्टो हुँदैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै पनि सुल्टो नहुने भएकाले संविधानमै पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने व्यवस्था राखिएको बताएका छन् । शुक्रबार कञ्चनपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले विगतको इतिहास हेर्दा कम्युनिस्टका लागि कांग्रेस र राणा शासनमा कुनै फरक नरहेको बताए ।
उनले राणा शासन ढालेपछि कांग्रेसले सवा चार वर्ष कम्युनिस्टमाथि प्रतिबन्ध लगाएको भन्दै पछि टंकप्रसाद आचार्य आएपछि फुकुवा गरेको बताए । ‘कांग्रेस राणा शासन भयो त्यतिबेला । कम्युनिस्टहरुका लागि केही फरक भएन, राणाले पनि प्रतिबन्ध लगाएका थिए, कांग्रेसले पनि प्रतिबन्ध लगायो’ ओलीले भने, ‘त्यसैकारण कथमकदाचित झुक्किएर कांग्रेस सरकारमा पुग्यो भने कुनैपनि पार्टीलाई प्रतिबन्ध लगाउँछ भनेर अहिलेको संविधानमै हामीले पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने भनेर लेखेका छौं किनभने कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै पनि सुल्टो हुँदैन ।’
उनले कञ्चनपुरमा ५६ सालदेखि उम्मेदवार बनेकाहरूले केही नगरेको भन्दै अरुले गरेका कामको आफुले गरेको भनेर प्रचार गरेको आरोप लगाए । उनले कांग्रेसका उम्मेदवारले एमाले उम्मेदवार निरु पाल चिन्दिन भनेको भन्दै प्रश्न गरे, ‘हुन त मैले सुनेँ यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका नेताले निरु पाल चिन्दिँन रे ! उहाँले ५६ देखि गर्नु के भो एउटा सिन्को भाँचेको उदाहरण बताउनुस् त ? अनि दैजी तपाईले बनाउनुभएको हो ? शिलान्यास तपाईले गर्नुभएको हो ?’ कञ्चनपुर ३ मा गठबन्धनका तर्फबाट कांग्रेसका रमेश लेखक उम्मेदवार हुन् ।
अध्यक्ष ओलीले मंसिर ४ पछि भुईंमा लडेपछि चिन्ने समेत बताए । उनले देश बनाउन अहिलेको जस्तो कठपुतली सरकारले नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण