बुटवल मण्डपमा हुने औद्योगिक मेलाको सचिवालय स्थापना
राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीअन्तर्गत बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना गरिएको छ । रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको लागि सचिवालयको स्थापना गरिएको हो ।
पुस ७ देखि १९ गतेसम्म बुटवलमा हुने १५ औं प्रदर्शनी मेलामा शुक्रवार बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको संघका अध्यक्ष तथा प्रदर्शनी आयोजना मूल समितिका संयोजक माधव प्रसाद पौडेलले शुभारम्भ गरे । बुटवल उपमहानगरपालिका–१० मा बन्दै गरेको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा रुपन्देही उद्योग संघले पहिलो पटक प्रदर्शनी आयोजना गर्न लागेको छ ।
काठमाडौं बाहिर निर्माण गरिएको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको औद्योगिक प्रदर्शनीमा उपभोक्ता दर्शकहरूले नयाँ अनुभव र व्यवस्थापन हेर्न पाउने संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताए । पसंघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले मेलामा ५ सयसम्म स्टलहरू राखिने जानकारी गराए । उनले शुक्रवारसम्म ५० वटा स्टल दर्ता भएको बताए ।
प्रदर्शनीका विशेषता रूपमा स्वदेशी उत्पादनको प्रदर्शन, प्रवर्द्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवर्द्धन एवं सूचना केन्द्र, विभिन्न लोक संस्कृति प्रदर्शन, दोहोरी गीत, लोकगीत र लोक नृत्य प्रतियोगीताहरु, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको सञ्चालन, सूचना प्रविधि ग्रामको सञ्चालन, कृषि ग्राम सञ्चालन, अटो पेभेलियन, विभिन्न खेलकुद प्रतियोगिताहरू रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण