श्रीलंका संकट : सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी
उच्च कर, मुद्रास्फीति र सरकारी दमनको विरोधमा सयौं मानिसहरूले श्रीलंकाको सबैभन्दा ठूलो सहर कोलोम्बोमा विरोध प्रदर्शनमा उत्रिएका छन् । विपक्षी राजनीतिक दलहरू, ट्रेड युनियन र नागरिक समाज समूहले आयोजना गरेको सरकारविरोधी हयली राष्ट्रपतिको आवास रहेको सहर र मन्त्रालयमा पुगेको थियो ।
‘मानिसहरू दिनमा मुश्किलले तीन पटक खाना पाउछन र यो सरकारले बढी भन्दा बढी कर लगाउन बाहेक केही पनि गरेको छैन । हामीलाई समाधान चाहिन्छ र हामी तिनीहरूका लागि लड्नेछौ’ सिलोको शिक्षा युनियनका सचिव जोसेफ स्टालिनले भने ।
कीर्तिमानि ढंगमा घटेको विदेशी मुद्रा विनिमय सञ्चितिका कारण टापुका २ करोड २० लाख मानिस इन्धन, खाद्यान्न, खाना पकाउने ग्यास र औषधि जस्ता अत्यावश्यक वस्तुको आयात गर्न संघर्ष गरिरहेका छन् । जुलाइमा भएको सरकारविरोधी विशाल प्रदर्शनका कारण पूर्व राष्ट्रसित गोटाबाय राजापाक्षेले देश छाड्न बाध्य भएका थिए ।
यसैबीच, राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो ।
प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता आवश्यक रहेको सो कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण