झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु
झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ ।
सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए । विश्वभरि फैलिइरहेको क्यान्सर रोगको अवस्था, यसको निदानका लागि भइरहेका वैज्ञानिक खोज अनुसन्धान र उपचार प्रविधिका बारेमा चिकित्सकीय अनुभव सम्मेलनका सहभागीबीच आदानप्रदान हुने उनले बताए ।
सम्मेलनमा विज्ञका २० वटा वैज्ञानिक कार्यपत्र र १० वटा पोस्टर कार्यपत्र प्रस्तुत हुने भएको छ । यस्ता सम्मेलन ठूला देश र सहरमा मात्र आयोजना हुने गरेकामा झापामा आयोजना हुनु गौरवको विषय भएको आयोजक पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा निराजन प्रसाईंले बताए ।
सम्मेलनमा भएका छलफल र अनुभवको विनिमयले क्यान्सरको उपचारमा नयाँ प्रविधिको प्रयोग बढ्ने र यसबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवाको गुणस्तर विश्वस्तरीय बन्ने भारतको दिल्लीस्थित सर्वोदय क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा दिनेश पेन्दावरले सम्बोधनका क्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण