एमालेले एक्लै बहुमत ल्याउँछ : विष्णु पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकिर समेत गरे ।
शनिबार बुटवलमा आयोजित खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुको भेलामा बोल्दै उनले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासको माध्यमबाट मुलुकको प्रतिष्ठालाई अझै उचाईमा पुर्याउने आश्वासन समेत दिए ।
उपाध्यक्ष पौडेलले भने– ‘नेकपा (एमाले) एक्लैले आगामी निर्वाचनमा बहुमत ल्याउँछ । यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ । एक्लैले सरकार बनाउने हैसियत राख्छ । तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौं । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ । र, निर्वाचनपछि सरकार बन्ने बेलामा पनि जारी रहन्छ । सरकारको नेतृत्व नेकपा एमालेका एकल बहुमत हुँदा पनि हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गरेर यो सहयात्रालाई निरन्तरता दिन्छौं भनेर सोचिराखेका छौँ । यो कुरा पनि यहाँहरूलाई बताउन चाहन्छु ।’
उपाध्यक्ष पौडेलले निर्वाचनपछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै त्यसपछि मुलुकको समृद्धिको अभियानले गति लिने विश्वास समेत व्यक्त गरे । उनले रुपन्देही २ मा एमालेलाई धेरै फराकिलो मतान्तरले विजयी गराउन लागि सहयोग गर्न खेलाडीहरूलाई आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री