निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) ले आज भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खाणले देश विकासका लागि सङ्घसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बताए ।
गृहमन्त्री खाणले लामो सङ्घर्षपश्चात् प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँचदलीय गठबन्धन बनेको र यसको जित अत्यावश्यक रहेको औँल्याए । उनले गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत हुनुपर्ने बताए । बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भएको उनले उल्लेख गरे ।
विसं २०४६ मा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०–६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य र १२ बुँदे सहमति यसैको परिणाम भएको उनको भनाइ छ । माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्व गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उनले बताए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पूर्वमन्त्री एवं समानुपातिकतर्फका प्रतिनिधिसभा उम्मेदवार हकिकुल्लाह खाँले मुलुकको समृद्धि, विकास र जनजीविका परिवर्तनका लागि पाँचदलीय गठबन्धनलाई जिताउन आग्रह गरे । क्षेत्र नं ३ (१) का प्रदेशसभा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले गठबन्धन सरकारले देशको हितमा काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण