बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी
बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ । लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।
कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् । मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन् । उनका अनुसार यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ ।
प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ । विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको जनाउँदै मनिषाले महिला सशक्तीकरणमा जोड दिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण