निर्वाचनमा उत्साहित छैनन् तेह्रथुमका मतदाता
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार गाउँ गाउँ पुगेका छन् । तेह्रथुम गाउँ गाउँमा उम्मेदवारहरू पुगे पनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन । दलहरूले आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा पनि उनीहरूको सहभागिता उत्साहजनक छैन ।
जिल्ला सदरमुकाम मै पनि निर्वाचनप्रति मतदाताहरूको उत्साह कम भएको छ । निर्वाचनमा मात्रै गाउँ पुग्ने निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरू गाउँ नफर्किने गरेको नागरिकहरूले गुनासो पोख्ने गरेका छन् । ‘नेता भोट माग्न मात्रै गाउँ आउँछन्, भोट सकेपछि फर्केर हेर्दैनन्,’ लालीगुराँस नगरपालिकाका पञ्चकुमारी लिम्बूले भनिन् ।
लिम्बू जस्तै म्याङलुङ नगरपालिकाकी मनमाया मचकोटीलाई पनि उम्मेदवारले नागरिकहरूको समस्या नबुझेको बताइन् । विगतमा उम्मेदवारहरूले गरेको प्रतिबद्धताहरू पूरा नगर्ने र निर्वाचन आउँदा मात्रै गाउँ आउने गरेको नागरिकहरूको गुनासो छ । गाउँ गाउँमा अझै खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, कृषि तथा पशुपालन व्यवसायमा समस्या भोग्दै आएका छन् । विगतका सरकारले नागरिकहरूको समस्याहरूलाई समाधान गर्न नसक्दा मतदाताहरूलाई निर्वाचनमा उत्साह छैन । दलका नेतृत्व र उम्मेदवार गाउँ गाउँमा पुग्दा आफ्ना समस्याहरू नागरिकहरूले सुनाउने गरेका छन् ।
तेह्रथुममा यसपटक नेकपा एमाले र सत्ता गठबन्धन दल मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । गत निर्वाचनमा वाम गठबन्धनको साथ हुँदा दुवै प्रदेशसभा र प्रतिनिधिसभा एमालेले जितेको थियो । एमाले अहिले आफ्नो विरासत जोगाउने होडमा छ भने सत्ता गठबन्धन यसपटक प्रदेशसभा र प्रतिनिधि सभा जित्ने दाउमा छ ।
गठबन्धनले प्रतिनिधिसभामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङलाई साझा उम्मेदवारको रुपमा सारेको छ । त्यस्तै प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका युवा नेता सन्तोष सुब्बा र प्रदेशसभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेले प्रतिनिधिसभामा डा.विजय सुब्बालाई उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेशसभा ‘क’ मा किशोरचन्द्र दुलाल र प्रदेशसभा ‘ख’ मा तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ । २ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुममा ७२ हजार ८९५ कुल मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण