मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

शाहीकालका उपमेयर जनता समाजवादीमा प्रवेश

आइतबार, २० कात्तिक २०७९, १८ : ४७
आइतबार, २० कात्तिक २०७९

कुनै बेला लाराका नामले चर्चित नेपालगन्जका क्रिकेटर अरूण थापा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा नेपालगन्जको उपमेयर भइसकेका थापा आज औपचारिक रूपमा जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। 

थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए । थापासहित विभिन्न पार्टी परित्याग गरेर आएका युवाहरूलाई आज जनता समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए। सो अवसरमा राईले नेपालगन्जको विकासप्रति लगाव राख्ने युवाहरू जनता समाजवादी पार्टीप्रति आकर्षित भएको बताएका थिए। 

नेपालगन्जमा क्रिकेट खेलको विकासमा थापाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै राईले आफूले खेलकुद क्षेत्रलाई व्यवसायीक बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप