यस्ता छन् लोसपाको १४ प्रतिबद्धता
विभिन्न १४ प्रतिबद्धतासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लोसपाले आफ्नो घोषणापत्रमा सक्षम नेतृत्व, प्रभावकारी सेवा र भ्रष्टाचाररहित स्थानीय सरकारमा प्रतिबद्धता जनाएको छ ।
यस्तै व्यवहारिक शिक्षाको विकास, स्वस्थ नागरिक एवम् समृद्ध देश, महिला सशक्तीकरण, कृषिको आधुनिकीकरण, चुरे संरक्षण, जेष्ठ नागरिकको सम्मान, युवा सशक्तीकरण एवम् उद्यमशीलता प्रवर्द्धन, प्रभावकारी विपद् व्यवस्थापन, भौतिक पूर्वाधारको विकासमा पनि लोसपाले प्राथमिकता दिएको छ ।
यस्तै जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन एवं विश्व हिन्दूको केन्द्र बनाउने, वीरगन्जलाई मधेस प्रदेशको आर्थिक कारोबार र व्यापारको केन्द्र बनाउने, विराटनगर, भैरहवा र नेपालगन्जलाई आर्थिक विकासको मेरुदण्ड बनाउने प्रतिबद्धता लोसपाको छ । यस्तै लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरूका लागि अन्तर्राष्ट्रिय तीर्थस्थल एवम् ध्यान केन्द्रको रुपमा विकास गर्ने पनि लोसपाको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण