मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सीता दाहालको स्वास्थ्य अवस्था जटिल

सोमबार, २१ कात्तिक २०७९, ०६ : ५४
सोमबार, २१ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन: जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ ।  सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप