वाचा पूरा गर्न नसके मतदाताले दिएको सजाय भोग्न तयार छु : इश्तियाक राई
जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले भनेका सबै कामहरू पूरा गर्ने वाचा गरेका छन्। निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा भएका कोणसभाहरूलाई सम्बोधन गर्दै उम्मेदवार राईले गर्न नसक्ने र भावनामा बगेर कुनै पनि सपना मतदातालाई नबाँडेको पनि बताए।
‘हामीले नसक्ने र असम्भव योजनाहरूको लोभ देखाएर भोट माग्दैनौं। जो गर्न सक्छौं, जे यहाँको विकासका लागि आवश्यक छ त्यहीमात्रै भन्छौं र गरेर पनि देखाउँछौं’ उनले भने ‘तपाईंहरूले देखिरहनुभएको छ, गर्छु र हुन्छ भनेका कामहरू भइरहेका छन्। ठूला बजेटका कामहरू गर्न केही समय लाग्छ तर ती पक्कै पूरा हुन्छन्।’
यो क्षेत्रको विकास र हरेक नागरिकको समृद्धिबाहेक आफूसँग कुनै पनि स्वार्थ नभएको भन्दै उनले विगतमा सुरू भएका विकासका योजनाहरू र आगामी दिनमा पनि यस क्षेत्रको समग्र विकासका लागि फेरि एकपटक चुनाव जित्न आवश्यक रहेको पनि बताए। भौतिक योजना तथा यातायात मन्त्री हुँदा उनले शिलान्यास गरेका नेपालगन्जका दुई ठूला सडक आयोजनाहरूको काम आइतबारदेखि सुरू भएको छ।
उनले शिलान्यास गरेका जमुनाहा नाकादेखि राझासम्मको सडक अस्फाल्ट ओभर योजना र अन्तर्गत पुस्पलाल चोकदेखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजनाको काम सुरू भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
-
२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
-
प्रदेशको उत्पादनलाई प्रोत्साहन : कर्मचारीहरूलाई लगाउन थाले ढाकाको पोसाक
-
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्काे निर्णय
-
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण